एजेन्सी ८ असोज । कोरोना संक्रमणबाट भारतीय केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु भएको छ । ६५ बर्षिय रेल राज्यमन्त्री सुरेशको बुधबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई सेप्टेम्बर ११ मा कोरोना पुष्टि भएपछि एम्समा भर्ना गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । राज्यमन्त्री सुरेशको मृत्युपछि भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले दुख व्यक्त गरेका छन् ।
सुरेस कर्नाटकको बेलगावीबाट चार पटक सांसद बनेका थिए । उनले सेप्टेम्बर ११ मा आफैले कोरोना संक्रमण भएको जानकारी दिएका थिए । उनको निधनमा विहिबार दिल्लीस्थित सबै सरकारी कार्यालयमा रहेका झन्डा आधा झुकाउने भारतीय गृहमन्त्रालय जनाएको छ ।