धनगढी ७ असोज। नर्मदा ईन्फोसिसको सहयोग प्राबिधिक सहयोगमा सिगास गाउँपालिकामा नेपाल टेलिकमको लिज लाईन ईन्टरनेट सेवा शुचारु भएको छ। टेलिकमको सेवा सुचारु भएपछि गाउँपालिकाको दैनिक कार्य सञ्चालन गर्न सजिलो भएको छ।
ईन्टरनेट नहुँदा जिल्ला सदरमुकाम गएर काम गर्नुपर्ने वाध्यता थियो। सोमबार सिगास गाउपालिकामा टेलिकमको इन्टरनेट जडान भएको सूचना प्रबिधि अधिकृत टिकेन्दप्रसाद भट्टले बताए ।
नर्मदा ईन्फेसिसले सुदुरपश्चिम का ईन्टरनेटको पहुँच नभएका स्थानिय तहहरुमा नेपाल टेलिकमको लिज लाईन लिएर जडानको काम गर्दे आएको छ ।