धनगढी– सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका नौँ सहित सुदूरपश्चिम प्रदेशका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय ८७ जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ। वडा नम्वर ३ का दुई जना, वडा नम्वर १, ८ र १७ का एकरएक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
उनका अनुसार कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका दुईरदुई जनामा पनि संक्रमण पुष्टि भएको छ। सूचना अधिकारी श्रेष्ठले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र पुनरवास नगरपालिकाका तीनरतीन जना, अछामको मेल्लेख–६ का एक जना र ठेगाना नखुलेका एक जनामा पनि संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रादेशिक अस्पताल अन्तरगतको कोरोना उपचार केन्द्रमा अहिले ६ महिला र तीन पुरुष गरी नौँ जनाको उपचार भईरहेको छ।