धनगढी ५ असोज । सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ६ हजार ६ सय ३६ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा २ हजार १ सय ३७, डोटीमा १ हजार ४७ , अछाममा ९सय ८९ , कंचनपुरमा ७ सय ४९ , बझाङमा ४ सय ६३ , बाजुरामा ४ सय ५३ बैतडीमा ३सय ९४ , डडेल्धुरामा ३ सय २८ र दार्चुलामा ७६ जना कोरोना संक्रमित रहेका छन् ।
८ सय ७८ ’एक्टिभ केस’
सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या आठ सय ७८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयले आईतबार सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा संक्रिय कोरोना संक्रमितको संख्या आठ सय ७८ पुगेको छ ।
निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा चार सय ५१ जना संक्रिय संक्रमित अर्थात एक्टिभ केस रहेका छन् ।
डोटीमा एक सय १९, अछाममा ७६, बझाङमा ७३ र कञ्चनपुरमा ४० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
यस्तै बैतडीमा ६८, डडेल्धुरामा १२, बाजुरामा ९ र दार्चुलामा ३० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
५१ जना मात्रै अस्पतालको आइसोलेसनमा
संक्रिय संक्रमित मध्ये ५१ जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको निर्देशनालयले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालमा १७, टीकापुर अस्पतालमा ६, महाकाली अस्पतालमा १३, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी दुई र डडेल्धुरा अस्पतालमा तीन जना संक्रिय संक्रमितको उपचार भईरहेको निर्देशनालयले जनाएको छ ।
पाँच हजार सात सय ४६ जना कोरोना मुक्त
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका पाँच हजार सात सय ४६ जनाले कोरोना जितेका छन । अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार ६ सय ७९ जना, डोटीका नौ सय २८ जना, अछामका नौ सय १२ जना, कञ्चनपुरका सात सय ९ जना संक्रमण मुक्त भएका छन्।
यस्तै बैतडीका तीन सय २६, बझाङका तीन सय ८८, बाजुराका चार सय ४२, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४६ जनाले कोरोना जितेका छन् ।
सुदुरपश्चिममा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कैलालीका ७ जनाको मृत्यु भएको छ ।
त्यस्तै , बाजुरामा २ , बझाङमा २ र अछाममा १ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
