• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी–काठमाडौँ हवाई उडान ६ महिनापछि आजदेखि सुरु

धनगढी ५ असोज। कोरोना भाईरसको संक्रमण रोकथामका लागि ६ महिनादेखि बन्द रहेको हवाइ उडान आजदेखि फेरी सुरु हुने भएको छ।

सरकारले आन्तरिक हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि धनगढी–काठमाडौँ–धनगढी सुरु हुन लागेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले आज बुद्ध एयरले उडान भर्ने जानकारी दिए। थापाका अनुसार बुद्ध एयर काठमाडौँबाट १० बजेर ५० मिनेटमा धनगढीका लागि उड्नेछ भने धनगढीबाट १२ बजेर ५० मिनेटमा काठमाडौँ फर्किने छ।

श्री एयरलाइन्सले भने केही दिन ढिलो गरी उडान भर्ने विमानस्थल कार्यालयले जनाएको छ। यसअघि धनगढी–काठमाडौ–धनगढी उडान भर्दै आएको नेपाल एयरलाईन्सले भने धनगढी विमानस्थलबाट आफ्नो काउण्टर हटाइसकेको विमानस्थल प्रमुख बुढथापाले बताए।

उनका अनुसार केही समयपछि सौर्य एयरलाईन्सले भने फेरी धनगढीका लागि नियमित उडान भर्ने तयारी थालेको छ।

केही बर्ष अगाडिसम्म सौर्य एयरलाईन्सले धनगढीका लागि उडान भर्दै आएकोमा पछि बन्द गरेको थियो।

यस्तो छ यात्राको प्रोटोकल

यदि तपाईं यात्रा गर्दै हुनुहुन्छ भने पहिलेभन्दा अहिले अलि फरक पाउनुहुनेछ कारण तपाइले पुरा गर्नुपर्ने प्रक्रिया विगतको भन्दा लामो हुनेछ । विमानस्थलको बाहिरी गेटमा नागरिक उड्डयन प्राधिकरणले तपाइको ताफक्रम चेक गर्नेछ । त्यसपछि तपाइ भित्र छिर्नुहुनेछ तर कसैलाई नछोइ, भौतिक दुरी कायम गर्दै । ७० वर्षभन्दा माथिका र दीर्घरोगीलाई यात्रा गर्न दिइने छैन ।

सम्बन्धित वायु सेवा संस्थालाई बुझाउने गरी हेल्थ डिक्लेरेसन फारम भर्नुपर्नेछ । यसका लागि बढीमा पाँच मिनेट लाग्नेछ । जसमा तपाइलाई कोभिडको कुनै लक्ष्क्ष्य नभएको उल्लेख गर्नुपर्ने हुन्छ । यदि कुनै लक्षण भए तपाइ यात्राका लागि योग्य हुनुहुन्न् । एयरलाइन्सका काउन्टरहरु डिसइन्फेकस गरिएको हुन्छ । तपाइलाई उसले स्यानिटाइजर, फेस सिल्ड, माक्स दिनेछ । उसले पनि तपाइको ताफक्रम ठिक छ छैन जाँच गर्नेछ ।

बोर्डिङ पास लिएर तपाइ उडान भर्न विमानसम्म पुग्न बसमा चढ्नुपर्ने छ जसमा डिसइन्फेक्स गरिएको हुन्छ । प्लेनमा पालैपालो चढ्नुपर्नेछ । तर प्लेनभित्र सिटमा बस्दा तपाईंको दुरी कायम हुनेछैन । तपाइको आडैको सिटमा अर्को यात्रु पनि बस्न पाउनेछ । उडानका लागि बनाएको सुरक्षा सम्बन्धि प्रोटोकल भने सबै एयरलाइन्सले पालना गर्नुपर्नेछ ।

 

सोमबार, असोज ०५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.