धनगढी, ३ असोज/ संविधान दिवसको अवसरमा नेपाली काग्रेसकी नेतृ तथा कैलाली क्षेत्र नम्बर ५ की काँग्रेसकी तर्फबाट की प्रतिनिधी सभा उमेद्बार डा. आरजु राणा देउवाले संविधान कार्यान्वयन पक्ष फितलो भएको बताएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत संविधान दिवसको शुभकामना दिदै संविधानमाथि आम नागरिकले प्रश्न गर्न थालेको धारणा व्यक्त गरेकी छन् ।
नेतृ देउवाले नेपालको संविधान २०७२ पारीत भएको दिन सम्झीदै भनिन–‘त्यो दिन नेपाली नारीहरुको महान चाँड तिजपनि परेको थियो, हामीले निकै हर्ष र उल्लासका साथ संविधान पारीत गरेका थियौ ।’
उनले थपिन ‘३५ भाग र ९ अनसुचीमा पारित भएको नेपालको संविधानले हामी सबै नेपालीलाई सार्बभौम बनाएको थियो, हामिलाई लागेको थियो की यो संविधानले फड्को मार्छ, देशले कायापलट गर्छ तर त्यो हुन सकेन ।’
नेपाल २१ औं शताब्दीको विकास उन्मुख देशभन्दा माथिल्लोे स्तरमा जान्छ भन्ने सबैलाई लागेको थियो तर यो संविधान कार्यान्वयनै फितलो देखीयो । पहिलो चुवानका कम्युनिष्ट पार्टीहरुको वर्चस्व आयो, उनिहरु दुई पार्टी मिलेर गएका थिए । हामी लोकतान्त्रीक पार्टीको केही सिट कम आयो ।
नेतृ देउवाले संविधानप्रति सरकारमा रहेका कम्युनिष्ट पार्टीहरुले आस्था नदेखाएको बताइन् । उनले पाँच बर्षलाई फर्केर हेर्दा जति संविधान आस्था हामी कांग्रेस पार्टीहरुको आस्था थियो त्यती कम्युनिष्ट पार्टीहरुले राखेका छैनन् ।
‘यो ठुलो प्रश्न चिन्ह उठेको छ, नेपाली जनतालाई हक अधिकार र न्यायमा समान पहुचँ ल्याउन सकेको छैन्, संविधानलाई पनि मान्छेहरुले यो कस्तो संविधान भन्दै प्रश्न गर्न थालेका छन् ।’
संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारले संविधान कार्यान्वयन गर्न नसकेको बताइन् । उनले संविधान कार्यान्वयनमा जोड् दिनुपर्ने धारणा राखीन् ।
।