धनगढी ३, असोज/ कञ्चनपुरमा सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन्। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा बेल्डाडीकै २२ वर्षीय युवक सुरज साउँदलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बलात्कार आरोप लागेपछि फरार साउँदलाई बेलौरी नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए। साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
यसअघि सोही घटनामा सामूहिक बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।