धनगढी, ३ असोज/ सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप १३ जनामा कोरोना पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ९३ जनाको कोरोना परीक्षण भएकोमा थप १३ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा बझाङका दुई र कैलालीका ११ जना रहेका सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
संक्रमण पुष्टी भएका धनगढीका वडा नम्वर एक का ३ जना, वडा नम्वर दुईका एक जना, वडा नम्वर आठका दुई जना, कैलालीको गोदावरीका ४ र जानकी गाउँपालीकाका एक जना रहेका छन् ।
त्यस्तै बझाङको खप्तडछान्नाका पनि २ जनामा संक्रमण पुष्टी भएको सुचना अधिकारी श्रेष्ठले बताए ।
