धनगढी, २ असोज/ नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ८३ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ज्यान गुमाउनेमा ३ महिला र १ जना पुरुष छन् ।
ज्यान गुमाउनेहरूमा मोरङ ६४, चितवन ३६ र कैलाली ५७ वर्षीया महिला छन् भने काठमाडौंका ८७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ।