धनगढी, १ असोज/ कैलालीका पत्रकार प्रेम जोशीले आफैलाई कोरोना पुष्टि भएको भन्दै अफवाह फैलाएका छन् । उनले बिहीबार सेती प्रदेशिक अस्पतालमा भएको परिक्षणमा आफुलाई संक्रमण पुष्टि भएको भ्रम फैलाएका हुन ।
जोशीले फोटो पत्रकार महासंघ कैलालीको आधिकारीक ग्रुप च्याटमा म्यासेज गर्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको र आफु संग सम्पर्कमा आएका पत्रकारहरुलाई सुरक्षीत रहन आग्रह गरेका थिए ।
जोशी कैलाली एफएममा कार्यरत पत्रकार हुन । उनि फोटो पत्रकार महासंघ कैलालीका सदस्य समेत रहेका छन् । उनले संक्रमण पुष्टि भएको भ्रम फैलाएपछि कैलालीका पत्रकारहरुका त्रास उत्पन्न भएको छ । उनिसंग धनगढीका अधिकाशं पत्रकार सम्पर्कमा आएको कारणले पत्रकारहरुमा त्रास उत्पन्न भएको हो ।
तर स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कुनै पत्रकारलाई कोरोना पुष्टि भएको छैन् । पत्रकार जोशीले पनि आफुबाट गलत सुचना फैलिएको भन्दै माफि मागेका छन् ।
जोशी आफैले आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेपछि यसअघि सुदूरपत्र अनलाईनले सुदूरपश्चिममा पहिलो पटक कोरोना संक्रमण भन्दै समाचार प्रकाशन गरिएको थियो । उक्त समचार असाबधानीबस प्रकाशन गरे प्रती सुदूरपत्र अनलाइन क्षमा प्राप्ती पत्रकारलेनै गलत र भ्रामक सुचना दिएपछि उक्त समाचार हटाईएको छ । हालसम्म सुदूरपश्चिमका कुनै पत्रकारमा कोरोना पुष्टि भएको छैन् ।
