धनगढी, १ असोज/ नेपाली कांग्रेसले ५ बर्षका लागि पार्टीबाट निष्कासन गरेका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाको पक्षमा हस्ताक्षर गर्ने कैलालीका नेता कार्यकर्ताले हस्ताक्षर फिर्ता लिएका छन् ।
धनगढी उपमहानगरपालिका–१२ का स्थानिय कांग्रेस नेता टंक कुवँरले क्रियाशिल सदस्यहरुको ओझाको पक्षमा हस्ताक्षर संकलन गरेका थिए । उक्त अभियानमा ओझाको पक्षमा हस्ताक्षर गरेका क्रियाशील कार्यकर्ताहरुले हस्ताक्षर फिर्ता लिएका हुन । आफुहरुलाई जानकारीनै नदीई पार्टीको विधान विपरीत हस्ताक्षर गराएको भन्दै उनिहरुले हताक्षर फिर्ता लिएका हुन ।
बिहीबार एक विज्ञप्ती जारी गर्दै १८ जना क्रियाशील सदस्यहरुले हस्ताक्षर फिर्ता लिएको र अबदेखी पार्टी विद्यान र हित विपरीत कार्य नगर्ने प्रतिबद्धता जनाएका छन् ।
पार्टीबाट निष्कासन गरेपछि ओझालाई गरीएको कार्वाही फिर्ता हुनुपर्ने भन्दै कैलालीका नेता कार्यकर्ताहरुले हस्ताक्षर संकलन अभियान चलाएका थिए ।
