धनगढी, १ असोज/ धनगढीका थप ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका थप ९ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर २ का ६ जना, वडा नम्बर ५ र १३ का एक÷एक जना र वडा नखुलेका एक जनामा कोरोना पुष्टि भएको बताए।
