धनगढी, १ असोज/ डोटीमा गरिएको परिक्षणमा अछामको साफेबगर नगरपालिकाका १७ जना सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार १ यस ७६ जनाको परिक्षण गरिएकोमा साफेबगर नगरपालिकाका १३ पुरुष र ४ महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय डोटीका मोलिक्युलर ल्याब इन्चार्ज सौरभ श्रेष्ठद्धारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै डोटी जिल्लाको के।आइ। सिंह गाउपालिकाका ४ पुरुष, शिखर नगरपालिकाका ७ पुरुष र १ महिला सहित ८ जना र दिपायल सिलगढी नगरपालिकाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।