धनगढी, १ असोज/ बझाङ कालङ्गा हाइड्रोले सुरुङ खनेपछि बुङगल नगरपालिका वडा नम्बर ६ पारिबगर गाउँमा खानेपानीको समस्या भएको छ ।
करिब २२ घरधुरी रहेको पारिबगर गाउँमा सानीगाड हाइड्रो प्रालीले सुरुङ खनेपछि खानेपानीका मुहान सुकेका स्थानिय विरेन्द्र बोहराले बताए ।
स्थानीय बोहराका अनुसार पहिले गाउँमा खानेपानी धेरै धारा भए पनि अहिले सुरुङ खानेपछि सबै धारामा पानी आउन छोडेको छ । गाउँका धारा सुकेपछि स्थानीय खोलाको दुषित पानी पिउन बाध्य भएका छन् ।
कालङ्गा हाइड्रो प्रालीले बुङगलका विभिन्न भागमा भौतिक संरचना निर्माण गर्दा तथा सुरङ खन्दा खानेपानी र सिचाईँको लागि समस्या हुँदै आएको छ ।