धनगढी, ३१ भदौ/ स्वास्थ्य निर्देशनालय दिपायलले प्रकाशन गरेको तथ्याङक अनुसार सुदूरपश्चिममा बुधबारसम्म सक्रिय संक्रमितको संख्या ६ सय ९८ जना छन् । जसमध्य जिल्लागत रहेका आईसोलेसनमा दुई सय ८२ जना बसीरहेका छन् भने तीन सय १४ जना होम आईसोलेसन रहेको भन्दै तथ्याङक सार्वजनिक गरेको छ ।
निर्देशनायलले जिल्ला स्वास्थ्य कार्यालयलाई स्रोत उल्लेख गर्दै सार्वजनिक गरेको उक्त तथ्याङकमा १ सय २ जना सक्रिय संक्रमित कहाँ छन् भने खुलाईएको छैन् । सुदूरपश्चिमका नौं ओटै जिल्लामा कुल ९९ ओटा आइसोलेसन् स्थानमा दुई हजार पाँच सय ७२ बेड संख्या रहेका छन् ।
मंगलबारसम्म सबैभन्दा बढी कैलालीका तीन सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै कञ्चनपुरमा ४८, डोटीमा ६६, अछाममा २८, बझाङमा ७०, बाजुरामा ९, डडेल्धुरामा ९, बैतडीमा ६३ र दार्चुलामा १० जनागरी जम्मा ६ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म सुदूरपश्चिममा ५ हजार ६ सय ८९ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्, भने ६ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमका चारओटै प्रयोगशालामा गरी ७५ हजार दुई सय ४९ जनाको पिसिआर विधिद्धारा स्वाव परिक्षण गरिएको छ । यस्तै दुई हजार ५५ जनाको संकलन भएको स्वाव परिक्षण गर्न बाकी रहेको छ ।
सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिहं कार्कीले केही सक्रिय संक्रमित सम्पर्क बिहीन रहेको बताए । ‘कतिपय मानिसमा संक्रमण पुष्टि भएपनि मोबाईल अफ गरेर बस्छन् ।’ उनले भने ‘संक्रमित व्यवस्थापनको जिम्मा सम्बन्धीत स्थानिय पालिकालाई हो, पालिकालेनै माथिल्लो निकायलाई रिर्पोटीङ गर्ने हो, पालिकाको सम्पर्कमा कति आएभन्ने कुरामा भर पर्छ ।’
‘संक्रमित सम्पर्कमा नआएको कारण संक्रमणको जोखीम बढेको बताए । आफुहरुले पटकपटक सर्तकता अपनाउन् भनिरहेको छौ ।’ उनले संक्रमण पुष्टि भएकाहरु आइसोलेसन्मा बस्न वा स्वास्थ्कर्मीको सम्पर्कमा आउन आग्रह गरी रहेको बताए ।
सुदूरपश्चिममा २१ देखि २९ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना संक्रमण उच्च
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म २१ देखी २९ बर्ष उमेर समुहका व्यक्तिहरुमा कोरोना संक्रमणदर उच्च देखीएको छ । संक्रमित भएका मध्ये पाको उमेरका भन्दा युवाहरु बढी छन् ।
भदौ ३० मंगलबारसम्म कुल संक्रमितको संख्यामध्ये दुई हजार छ सय ६४ जना २० देखी २९ बर्ष उमेर समुहका रहेका छन् । जसमा सात सय महिला र एक हजार नौं सय ६४ जना पुरुष रहेका छन् । संक्रमित भएको उक्त उमेर समूहका व्यक्तिहरु धेरै जसो लक्षण बिहीन छन् ।
यस्तै एक हजार तीन सय ८१ जना संक्रमित ३० देखी ३९ बर्ष उमेर समुहका रहेका छन् । जसमध्ये महिला ३ सय १७ जना छन् भने पुरुष १ हजार ६४ जना रहेका छन् । शुन्य देखी ९ बर्ष उमेर समुहका ५ सय ७७ जना, १० देखी १९ बर्ष उमेर समुहका ७ सय ९७ जना, ४० देखी ४९ बर्ष उमेर सुमहका ५ सय ६७ जना र ६० बर्षभन्दा माथिका १ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको जोखिम ६० वर्षमाथिका उमेर समूह र लामो समयदेखि कुनै रोगसँग लडिरहेका व्यक्तिमा बढी हुने बताउँदै आएको छ ।