धनगढी, ३१ भदौ/ कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै धनगढीमा प्रदर्शन भएको छ । घिसिङको पुन नियुक्तको माग गर्दै धनगढीको विद्युत वितरण केन्द्र अगाडी प्रदर्शन भएको हो ।
युवाहरुको समूहले धनगढीमा शान्तिपुर्ण प्रदर्शन गरेको स्थानिय कृतज्ञ शाहीले बताए । उनिहरुले घिसिङलाई पुन नियुक्तिको माग गर्दै प्लेकार्डहरु प्रर्दशन गरेका थिए ।
घिसिङको चार वर्षको कार्यकाल सकिएसँगै मंगलबारबाट औपचारिकरुपमा विदा भएका छन् । उनको विदाइमा हिजो प्राधिकरणमा कार्यक्रम आयोजना गरिएको थियो ।