धनगढी, ३० भदौ/कैलालीको गोदावरी नगरपालिकामा कार्यरत २ जना कर्मचारी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा गोदावरी नगरपालिकामा सवारी चालक र वडा नं २ को कार्यलयमा कार्यरत कर्मचारी सहित बिभिन्न वडाका गरि ९ जनामा कोरोना पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि हुनेहरुमा वडा नंं १ का १ जना , वडा नं २ का १ जना , वडा नं ३ का १ जना , वडा नं ६ का ३ जना र वडा नं १० का १ जना रहेको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । आज संक्रमण पुष्टि भएकामा गोदावरी नगरपालिकाका स्वाब संकलन गरेका एक जना धनगढी उपमहानगरपालिका घर भएका रहेको स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबरले जानकारी दिए ।
यो संगै गोदावरी नगरपालिकामा मात्रै कोरोना संक्रमतिको संख्या ५ सय २३ पुगेको छ । यि मध्ये ४ सय ७४ जनाले कोरोना जितेर डिस्चार्ज भैसकेका छन् । बाकिँ रहेका सक्रिय संक्रमितहरु घरमै होम आईसोलेसनमा बसिरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका कर्मचारीहरुमा पनि कोरोना संक्रमण देखिए पछि नगरपालिकाले आज एक सुचना गारि गर्दै एक हप्ताका लागि नगरपालिकाको अतिआवश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको छ ।