धनगढी ३० भदौ/ कैलालीको गोदावरी नगरपालीका–२ का वडा सदस्य कमल कडायतले कोरोना जितेका छन् । भाद्र २० गते कोरोना संक्रमित भएका कडायत दुई पटक रिपोर्ट नेगेटीभ आएपछि कोरोना जितेका हुन ।
कोरोना जितेपछि वडा सदस्य कडायतले कोरोना पोजेटिभ देखिएपछि समाजको हेर्ने दृष्ट्रिकोणमा भने फरक आउने बताए । ‘कोरोना लाग्यो भन्ने बित्तिकै समाजले नकारात्मक दृष्ट्रिकोणले हेर्दो रहेछ’ उनले भने ‘कोरोना निको भएर आईसकेको मान्छेलाई पनि धेरै समय सम्म समाजले हेपाहा नजरले हेर्ने गरेको महसुस भयो ।’ उनले समाजमा कोरोनाका बारेमा जनचेतनाको अभाव रहेको बताए ।
कोरोना मुक्त भएपछि उनले खुसी व्यक्त गरे । आईसोलेसनका समयमा आफुलाई कुनै किसिमको समस्या नभएको बताउदै उनले आत्मबलले कोरोनालाई सजिलै जित्न सकिने बताए । ‘आत्मबल बलियो बनाएमा कोरोनालाई सजिलै जित्न सकिन्छ’ उनले भने ‘आईसोलेसनमा बस्दा खानपानमा पनि त्यत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।’