धनगढी ३० भदौ/ सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीले आन्दोलन जारी राखेको छ। पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आज सुदूरपश्चिम प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालय अगाडि धर्ना दिइएको हो।
पत्रकार महासङ्घ कैलालीको अगुवाईमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो। सोही अनुसार आज मन्त्रालयमा एक घण्टा धर्ना दिइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका अध्यक्ष जगत साउँदले बताए।