काठमाडौं, २९ भदौ/ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणभन्दा सरकार भ्रष्टाचारमा केन्द्रित भएको आरोप लगाएका छन् । नेपाली काँग्रेस कोभिड १९ अनुगमन समितिद्वारा आयोजित कार्यक्रम उनले भ्रष्टाचार भयो भन्नेहरुलाई सरकारले हप्काइरहेको समेत बताए ।
देउवाले भने, विश्वस्वास्थ्य संगठनले कोरोना डर लाल्दो ढंगले फैलिएको भनिरहेको छ । तर सरकारले तीन अरबको औषधि खरिदमा १ अरब भ्रष्टाचार भएको कुरा बाहिर आएको छ । भ्रष्टाचार भयो भन्नेलाई सरकारले बढ््ता बोल्ने भनेर हप्काइराखेको छ ।
यस्तो बेला पनि भ्रष्टाचार सरकारले के सेवा दिन्छ भन्ने देउवाको प्रश्न थियो । ुहामीले कोरोना नियन्त्रणमा सरकारलाई सुरु देखिनै सहयोग गर्ने भनेका थियौँ । तर सरकारले काम भन्दा पनि भ्रष्टाचार मात्र गर्यो । चीनमा कोरोना नियन्त्रण भयो । हाम्रा सकिन सकिँदैन,ु देउवाले भने, लोकतान्त्रिक देशमा चीनको जस्तो गरेर नियन्त्रण गर्न पनि सकिँदैन होला । तर सरकारले काम नै गर्न सकेन ।
देउवाका अनुसार नागरिकको समस्याप्रति सरकारलाई मतलब छैन । उनले भने, पिसिआर टेष्ट गरिएको छैन । ओम्नीलाई भ्रष्टाचार गर्योभन्दा धम्काउने रु को धकिन्छ रु सबै बोल्नुहोस काँग्रेसको साथ रहन्छ । भ्रष्टाचार गर्ने अनि धम्काउने ?
कोरोना नियन्त्रणका लागि सबै नागरिकको पनि कर्तव्य रहेको उनले बताए । उनले भने, कोरोना सचेनता फैलाउनुपर्छ । आफू बच्न र अरुलाई बचाउनुपर्छ । सरकारले सबै नागरिकको कोरोना बीमा गर्नु हाम्रो जोडदार माग छ ।
डा। प्रकाशशरण महतले आपतकाललाई व्यक्तिगत स्वार्थमा सरकारका मान्छेले काम गरिरहेको बताए । सरकारको उदासीनताका कारण कोरोना नियन्त्रण बाहिर जान थालेको उनको भनाइ छ ।
उनले भने, ुकाम गर्ने काम सरकारको हो । हामीले खबदारी गर्नुपर्छ, गरिरहेका छौँ । नागरिकका पिर मर्कामा साथीहरु उस्थित हौँ । कुनै नागरिक भोक भोकै मर्नुहुँदैन भनेर सरकारले राहतको व्यवस्था गर्नपर्ने उनको भनाइ छ ।