धनगढी, २९ भदौ/ जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १सय ४९जनाको कोरोना परीक्षण भएकोमा १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठ अनुसार संक्रमण पुष्टी हुनेमा डोटीका आठ जना र अछामका चार जनामा संक्रमण पुष्टि भएको हो। डोटीको केआइसिंह गाउँपालीकाका ६ पुरुष दुई महिला र अछामको चौरपाटीका तीन पुरुष र तुर्माखादका एक पुरुष जनामा संक्रमण पुष्टी भएको हो ।
