धनगढी, २९ भदौ/ अछामको रामारोशनमा आएको बाढी पीडितका लागी देश तथा विदेशवाट आर्थिक संकलन भएको छ । गत भाद्र २ गते राती एक्कासी जिल्लाको रामारोशन गाउँपालिका–५ सैनी बजारमा आएको बाढीले घरमा सुतिरहेका झन्डै २ दर्जन मानिसहरु बगाएको थियो । उक्त बाढीमा बगेर केहीका लास भेटिएका थिए भने अझै धेरै जना बेपत्ता छन । बाढीमा परि सयौ व्यक्ति घाईते भएका छन ।
गांँउ नै शोकमा डुवेका बेला घाईतेहरुलाई केहि सहजहोस भन्ने उदेश्यले आर्थिक अभियान सञ्चालन गरेको युनाइटेड ग्रुप धनगढीका अध्यक्ष मोहन खड्काले बताए । अभियानमा देश तथा बिदेशमा रहेका मनकारीहरुले बाढी पिडितहरुको घाउमा मलम लगाउनमा एक लाख ५ सय आर्थिक सहयोग जुटेको बताएका छन । सो रकम आजनै पिडित कहाँ पुर्यायउने बताए । यो अभियानमा सहयोग गर्ने पवित्रा रावत,खेमराज पन्त,भावना विष्ट,विद्या खड्का,अञ्जली राना,एलिना सिहँ,टेक रावत, विनोद भट्ट,रुपा शर्मा,कमला सुवेदी,समिर जोशी,आशिष भट्ट विपिन मिश्र लगायतको टिमलाई धन्यावाद व्यक्त गरे ।