धनगढी, २८ भदौ/ जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीको रिहाईको मुद्दा फेरि उठाएको छ ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै रेशम चौधरीलाई यथाशिघ्र रिहाई गर्न माग गरेका हुन्। मधेस/थरुहट आन्दोलनमा सहभागि भएका नेता कार्यकर्तामाथि सरकारले मुद्दा चलाउने, धन सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको भन्दै जसपाले यसलाई बन्द गर्न माग गरेको छ।
‘टीकापुर नरसंहारका प्रमुख दोषीकारुपमा हाल जेलमा रहेका जसपाका सांसद रेशम चौधरीसहित नेता/कार्यकर्तामाथि सरकारले लगाएका मुद्दा खारेज गरी चौधरीलाई यथाशिघ्र रिहाई गरिनुपर्दछ,’ जसपाले भनेको छ।