धनगढी, २८ भदौ/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोडाघोडी नगर कमिटिले आफ्ना पार्टीका दुई नेतालाई कारबाही गरेको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपाका नगर सचीव खगेन्द्र हमालले शिक्षण पेशामा रहेका बक्त बहादुर शाही र बिष्णु बिक लाइ कारबाही गर्ने निर्णय गरिएको जानकारी दिए ।
“जिल्लाको सर्कुलर अनुसार सरकारि र सार्बजनिक पद लिएका ब्यक्तीहरुलाइ बिदाई गर्ने निर्णय गरिएको हो । उनले भने, ‘भाद्र २२ गते नगर अध्यक्ष बाधुराम चौधरीको अध्यक्षतामा बसेको बैठकले सरकारी जागिरे र सार्बजनिक पद धारण गरेका दुइ जनालाई कारबाही गर्ने निर्णय गरेको थियो ।’
सरकारी पद धारण गरि बसेका पार्टीको सामान्य सदस्य तथा नेताले पनि सर्कुलर अनुसार कारबाही भोग्नुपर्ने हमालले बताए । प्रदेश र जिल्ला कमिटीको सुझाव अनुसार नगर कमिटीमा सरकारी पदमा रहेका सबै व्यक्तिहरुलाई नगर कमिटीको बैठकबाट ससम्मान बिदाइ गर्ने छौं ।
हमालले भने ,’ जनज्योति विद्यालयको विषयलाई लिएर छानबिन प्रक्रिया अगाडि बढाउनको लागी नगरपालिकाको शिक्षा शाखामा आग्रह गरेका छौँ ।”
निर्णय पहिल्यै भएपनी यो विषयमा बल्ल किन पार्टीले बिदाइ गर्ने निर्णय गर्यो रु भन्ने प्रश्नमा उहाँहरुले विद्यालयमा राजीनामा दिएर पार्टिमा आउने बताइएको जानकारी दिए ।
जनज्योति मा।वि का प्रधानध्यापक बक्त बाहादुर शाहिले बिधालयमा आर्थिक अनियमितता गरेको भन्दै गत चैतमा ईलाका प्रशासन कार्यालय सुखड र घोडाघोडी नगरपालिकामा उजुरी दर्ता गरिएको थियोे ।