• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ट्रायलको एक हप्तामै लाइसेन्स दिन गृहकार्य

काठमाडौं, २८ भदौ/ सवारीको ट्रायल परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन यातायात व्यवस्था विभागले गृहकार्य गरिरहेको छ। पाँच लाख पुगेको ब्याक लगु कार्ड छाप्ने काम लकडाउन र निषेधाज्ञाका दौरानमा सिध्याएपछि विभागका अधिकारीहरू हौसिएका हुन्।

महानिर्देशक गोगनबहादुर हमाल भन्छन् अब ट्रायल पास गरेको एक सातामै सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० वितरण गर्न सकिनेगरि काम गर्दैछौं। उपत्यकाभित्र एक साता र बाहिर एक महिनाभित्रै वितरण गर्न सकिने उनको भनाइ छ। उपत्यका बाहिरका कार्यालयहरुले विवरण विभागमा पठाउनुपर्ने, त्यसका आधारमा विभागले छपाइ गरेर पुनस् कार्यालयमा पठाउनुपर्ने भएकाले एक महिना लाग्न सक्छ।

करिब ६ वर्ष पहिले स्मार्ट लाइसेन्स कार्ड ट्रायलका रूपमा ल्याइएको थियो। विभागले पर्याप्त तयारी नै नगरी देशभर स्मार्ट लाइसेन्स अनिवार्य गर्‍यो। थोरै छपाइ क्षमता तर माग धेरै भएका कारण बर्सेनि ब्याक लगु बस्दै आएको थियो।

ट्रायल पास गरेकाहरूले दुई वर्षसम्ममा पनि लाइसेन्स पाउन मुश्किल पर्ने गरेको थियो। ट्रायल पास गरेका लाखौं चालक रसिदको भरमा हिड्ने गरेका थिए। विभागले बन्दाबन्दीको समयमा करिब ५ लाख काड छापेर ब्याक लग सकेको महानिर्देशक हमालले बताए।

सामान्य अवस्था तीन सिफ्टमा छपाइ हुँदै आएको थियो। विभागले चार सिफ्टमा छपाइ गरेर सबै लाइसेन्स छापिसकेको उनको भनाइ छ। साउन दोस्रो सातासम्म आएका सबै लाइसेन्स छपाइ भइसकेको छ। अहिले माग नभएकाले छपाइ नै रोकिएको छ। यातायात कार्यालयहरुमा आइतबारदेखि दर्ता, नवीकरण लगायतको कामका लागि खुल्ला गर्न लागिएको छ। त्यसपछि लाइसेन्स छपाइ पनि सुरु हुनेछ।

अवस्था सामान्य भएपछि वितरण सुरु हुन्छ। रसिदको भरमा कोही पनि हिड्नुपर्ने छैन। ट्रायल पास गरेका सबैले लाइसेन्स पाउनेछन्, हमालले भने केही महिना धान्ने कार्ड छ। पछि कार्डको अभाव नहोस भनेर १४ लाख कार्ड खरिद प्रक्रिया अघि बढाउदैछौं। अहिले विभागले साना चारवटा र मास प्रिन्टरसहित दैनिक सात हजार छपाइ गर्न सक्ने क्षमता रहेको जनाएको छ। सामान्य अवस्थामा दैनिक ५ हजार लाइसेन्सको माग छ।

हमालका अनुसार नेपालमा ३० लाखले लाइसेन्स लिएका छन्। हालसम्म करिब २० लाख स्मार्ट लाइसेन्स प्रिन्ट भइसकेका छन्। वैदेशिक रोजगारी र अन्य कारण विदेशिएकाहरुसँग रहेको करिब ५ लाख लाइसेन्स स्मार्ट बनाउनुपर्ने अनुमान विभागको छ।

कहिलेबाट हुन्छ वितरण ?

लाइसेन्सको छपाइ यातायात व्यवस्था विभागमा र वितरण सम्बन्धित कार्यालयहरुबाट हुन्छ। यातायात व्यवस्था कार्यालयहरु प्रदेश सरकार मातहतमा छन्। वितरणको जिम्मा कार्यालयहरुको भएकाले विभागलाइ जानकारी नहुने हमालले बताए।

छापिएका लाइसेन्सहरु सबै सम्बद्ध कार्यालयहरुमा पठाइसकेको विभागले जनाएको छ। आइतबारबाट देशभरका अधिकांश यातायात कार्यालयहरु खुल्दैछन्। सवारी दर्ता र नवीकरण लगायतका लागि खुल्ला गर्न लागिएको भए पनि तत्कालै लाइसेन्स वितरण गर्न नसकिने कार्यालयहरुले जनाएका छन्। धेरै भीड हुने भएकाले कोरोना संक्रमणको जोखिम मूल्यांकनसँगै लाइसेन्स वितरणको काम बिस्तारै काम सुरू हुनेछ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्याङ स्वयम्भूले सूचना निकालेर लाइसेन्स वितरण सम्बन्धी काम स्थगित रहेको जनाएको छ। यातायात व्यवस्था कार्यालय एकान्तकुना, यातायात कार्यालय चाबहिल, भक्तपुरको जागाति कार्यालयले पनि अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्स वितरण नगर्ने जनाएका छन्।

कार्यालयहरुमा अत्यधिक भीडभाड हुने र संक्रमणको जोखिम उच्च हुने भएकाले तत्कालै लाइसेन्स वितरण नहुने भएको हो। सक्रमण कम भएसँगै वितरण सुरु हुनेछ।

कहिले खुल्छ ट्रायल ?

ट्रायल पास गरेर पनि लाइसेन्स नपाउनेको संख्या थपिएकै थियो, कोरोना संक्रमण बढेयता यातायात कार्यालयले नयाँ आवेदन लिएकै छैन।

गत चैतदेखि नै बन्द रहेको सवारी ट्रायल कहिले खुल्छ भन्ने अझै निश्चित छैन। संक्रमणदर कम भए दसैंतिहार लगत्तै खुल्ने विभागले जनाएको छ। संक्रमण कम नभए ट्रायलको मिति पनि पर धकेलिदै जानेछ। संक्रमण नघटी खोल्ने कुरा भएन। धेरै भीडभाड हुन्छ। ५/६ महिना नखुल्न पनि सक्छ, महानिर्देशक हमालले भने।

चैतअघि दैनिक करिब ४ हजार लाइसेन्सको माग थियो। ६ महिनादेखि बन्द रहेको र कहिलेबाट खुल्ने भन्ने एकिन छैन। खुलेपछि माग ह्वात्तै बढ्ने विभागका अधिकारीहरुको भनाइ छ।

आइतबार, भदौ २८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.