जमुना न्युरे/ सुखड, २७ भाद्र–कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको महिला जागरण सामुदायिक वनका महिलाहरु वैज्ञानिक वन ब्यबस्थापनमा जुटेका छ्न ।
सामुदायिक वन निर्माणका लागि निकै चुनौतिको सामना गर्दै ब्यस्थापनमा जुटेकको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जल्पा देबि बिस्टले बताइन । त्यसै पनि महिलाहरुले सरक्षण गरेकोको वनमा बढि समस्या हुने गरेको बताउदै उनले भनिन–‘वैज्ञानिक वन ब्यबस्थापनका लागि समुदायस्तर बाट धेरै चुनौती को सामना गर्नु पर्यो ।’
महिलाहरूले मात्र नेतृत्व गरेको वन
सामुदायिक वन सरक्षण र दर्ता गर्नका लागि चौनौती भोगेका ग्रामीण क्षेत्रका महिलाहरुलाइ नेपाल सरकारले ल्याएको वैज्ञानिक वन ब्यबस्थापन २०७० को कार्यनिती र दिगो बन ब्यबस्थापन गर्नका लागि फलामका चिउरा चपाउनु सरह भयो । उनी हरुलाइ वैज्ञानिक बन ब्यबस्थापन गर्दा अख्तियार सम्म धाउनु परेको समुहकी सचिब मिना तिमिल्सिनाको भनाइ छ । कति पटक विवाद भयो , अख्तियार सम्म उजुरी परे तर पनि आफुहरु ब्यवस्थापनमा जुटेको उनिहको भनाइ छ ।
यो सामुदायिक बन ४४१.३२ हेक्टरमा मा रहेको वनमा ४ सय ८२ घरधुरी उपभोक्ता रहेका छ्न। वैज्ञानिक बन ब्यबस्थापन गर्दा अहिले पहिलो पटक अरुको सामुदायिक वनबाट सालको फुल ल्याइ बीउ रोपेर बृक्षारोपण गरिएको छ । समुहका कोषाअध्यक्ष नरपता साही भन्छिन–‘साउनमा वृक्षरोपण रोपण गरियो भने सबै पानीले डुबान हुन्छ, पानीले खायर बिरुवा बाच्दैन त्यसैले आजभोली वृक्षरोपण गरिएको हो ।’
डिभिजन वन कार्यालय पहमानपुर र सब डिभिजन वन कार्यालय बलचौरले साल बाहेक अन्य प्रजातीका बिरुवा उपलब्ध गरायको हो । विभिन्न जातका बिरुवा वनमा साल ,जामुन ,साज, लगायतका बिरुवा लगाएको छ ।
यो समयमा कम वर्षा हुने हुदा खल्लो ठाउँमा पनि बिरुवा बचाउन सकिने भएकाले , पानीले बिरुवा नमरोस भनेर पोलिब्यागको तल्लो भाग काटेर लगाएको पाइएको सब डिभिजन बन कार्यलयका प्रमुख साह्ययक बन अधिकृत सोम घलानले बताए । उनि वनमा नियमित चोरीपैठारी रोक्न ,चरिचरण रोक्नका लागि महिलाहरु आफै बनको टोलि सङ गस्ती पनि जाने गरेका छन् ।
वन नवीकरणीय प्राकृतिक स्रोत हो, जसको उचित व्यवस्थापनबाट उपज तथा सेवा निरन्तर प्राप्त गर्न सकिन्छ। वन बाली लगाउने, हुर्काउने तथा उपयोग गर्ने कार्य वन व्यवस्थापन हो। सामाजिक, आर्थिक तथा वातावरणीय दृष्टिले उपयुक्त र वनले प्रदान गर्ने उपज तथा सेवाको निरन्तरता वा वृद्धि हुने गरी गरिने वन व्यवस्थापन दिगो वन व्यवस्थापन हो। वन संवद्र्घन प्रणाली र यससँग सम्बन्धित विज्ञान दिगो वन व्यवस्थापनको मुख्य आधार–स्तम्भ हो, जसले वनले प्रदान गर्न सक्ने उपज तथा सेवा नियमन गर्छ। साथै वातावरणीय सन्तुलन, सामाजिक सुरक्षा र आर्थिक अवसरसमेत दिगो वन व्यवस्थापनका महत्वपूर्ण पक्ष हुन्।
वन कार्यालय बैज्ञानिक वन ब्यबस्थापनमा मात्र नभइ अन्य सामुदायिक वनमा
सामुदायिक वनमा नेतृत्व बिकास, लेखा ब्यबस्थापन, समुदायमा जनचेतना मुलुक तालिम सङै प्राबिधिक रुपमा सहयोग गरि राखेको छ । समुहका नियमित कार्य गर्न लकडाउनको समयमा पनि काम गरि रहेको घलानले बताए ।
नेपाल अहिले कोरोनाको कारणले सबै क्षेत्रमा प्रभावित बनेको बेला वन क्षेत्र पनि त्यो बाट अछुतो रहेको छैन तर पनि लम्की महिला जागरण सामुदायिक वनका महिलाहरुले यो समयलाई सामुदायिक वनमा वृक्षरोपण रोपण, तिनीहरुको स्याहार सम्भार, चोरीपैठारी रोक्न नियमित गस्ती गरेर वनको संरक्षणमा जुटेका छन् ।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टले महिलाहरुले नेतृत्व गरेका महिला सामुदायिक वनमा सामुदायिक वनको कार्ययोजना र बिधान अनुसार समुहको आम्दानीको २५ प्रतिशत वन बिकास, ३५ प्रतिशत सामुदायिक वनमा बिपन्न परिवारको जिबिको पार्जनमा र ४० प्रतिशत सामाजिक बिकासमा खर्चगरेको, समुहमा बैकल्पिक उर्जा सुधारियको चुल, गोबरग्यास निर्माण, घुम्ती कोष सञ्चालन गरीएको बताए ।
