धनगढी, २६ भदौ/ कैलालीमा एकजना स्थानीय माथि निर्घात कुटपिट भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर २ का कोल्तडीका ६० वर्षीय डम्मबर वली माथि शुक्रवार बिहान कुटपिट भएको हो। खेतमा पानी लगाउने कुलोको विवादलाई लिएर सोही ठाउँका एम गिरीले उनीमाथि कुटपिट गरेको प्रत्यक्षदर्शी अर्जुन देवकोटाले बताए।
उनको अनुहारमा चोट रहेको छ। उनी बोल्न सक्ने अवस्था छैनन्। उनलाई अस्पताल लैजाने तयारी भइरहेको छ। तर प्रहरी चौकी खिमडीले भने घटना जानकारीमा नआएको जनाएको छ। कुटपिट गर्नै गिरी नेकपा कैलालीका जिल्ला सदस्य समेत हुन्। कुटपिटको घटनालाई आपसमा मिलाउने प्रयास भइरहेको पीडित पक्षले बताएका छन्।