• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पञ्चशक्ति कम्पनीको धानको बिउबाट किसान ठगिए

"‘बहुगुनी धानको बिउ, नफस्टाउदा बैगुनी भयो’ – किसानहरु "

धनगढी २३ भाद्र- धनगढी उपमहानगरपालिका–६ जालीका किसान दिपेन्द्र कुवँरले ५ कट्ठामा धान खेती गरेका छन । कृषी कार्यालयबाट धानको बिउ ल्याएर रोपे । अरूका जमिनमा रोपेको धान पाकेर काट्नु पर्ने भईसक्यो । उनले रोपेको धान भने अझै फूलेको छैन् । गतबर्ष गरीमा धानले ठगेका कुवँरले यसबर्ष त्यस्तो नहोस् भनेर कृषी कार्यालयको सिफारीषमा धानको बिउ रोपे तर काट्ने बेलासम्म नफूलेपछि चिन्तित बनेका छन् । उनले भने ‘गत बर्षको मेहनतपनि उस्तै खेर गयो, यसबर्षपनि अहिलेसम्म फुलेको छैन्, कृषी कार्यालयमै गएर धानको बिउ ल्याएको र अहिलेसम्म धान पसाउने कुनै सुरसार देखीएको छैन् ।’

जालीकै धनुलाल चौधरीको पनि एक बिघा खेतको हालत पनि त्यस्तै छ । पञ्चशक्ति सिड कम्पनीबाट धानको बिउ ल्याएर रापेको चौधरी नराम्ररी ठगीएका छन् । उनले भने ‘बहुगुनि जातको धान लगाएको, वरीपरीका सबैको धान पाक्न लाग्यो मेरो खेतमा भने अझै पसाएको छैन्, कतै ढिलो फुल्ने जातको बिउ हो की भनेर सधै खेतमा पानी लगाईरहेको छु ।’ उनले धान पसाउने आशमै दैनिक ३० लिटर डिजेल खर्च गरेर खेतमा पानी लगाईरहेका छन् ।

चौधरीले पिडा पोख्दै भने ‘अरु रोजगार केही छैन् खेतकै भरमा जिवन गुजारा गरेका छौ, बर्षभरी मेहेनत गरेर धान नफले भोकै मरिन्छ कि भन्ने डर छ ।’ बर्षैपिच्छे बिउबाट आफुहरु ठगीने र धान उत्पादन नहुने गरेको उनको भनाई । यो जातको बिउमा धेरै खज्जर भएको भन्दै अर्काे बर्षदेखी यो बिउँ नलगाउने निर्णय गरेको बताए ।

स्थानीय असराम चौधरीले झन्डै १० कठ्ठामा रोपेको धानको पनि बाला निस्कने सम्भावना देखिँदैन । गतबर्ष गरीमा धानले ठगीएका किसान यसबर्ष राम्रो धानको बिउ रोप्ने सोचमा थिए । धानको बाला निस्केर झुल्ने बेला बालै ननिस्किँदा चौधरी चिन्तित छन । जाली, बिजुली, जाई लगाएतका गाउँका थुप्रै किसानको समस्यापनि उस्तै छ । गत बर्ष कात्र्तिकसम्म कुर्दा समेत गरिमा धानको बाला नलागेपछि किसानले ठुलो घाटा ब्यहोर्नु परेको थियो । यस बर्षपनि भदौ सक्किनै लाग्दासम्म धान नफुलेपछि त्रसित किसान बनेका छन् । किसानले यसबर्ष छुट्टै बिउ लगाएका थिए ।

धनगढीमै बिउ उत्पादन गरिरहेको पञ्चशक्ति बिउ कम्पनीले उन्नत जातको बिउ भन्दै बिक्री गरेको थियो । उक्त कम्पनीले वितरण गरेको धानको बिउ अहिलेसम्म नफूलेपछि किसान चिन्तीत बनेका हुन । बिउ उत्पादन कम्पनीको लापरबाहीले किसानमा यतिबेला कैलालीका किसानमा त्रास उत्पन्न भएको छ । धान काट्ने बेला सम्मपनि खेतमा धान फुल्छकी भन्ने आशमा किसानहरु मोटरबाट पानी तानेर खेतमा लगाईरहेका छन् ।

पञ्चशक्ति बिउ कम्पनी प्राविधिक राजेन्द्र कुजेडाले किसानलाई उन्नत बिउ वितरण गरेको बताए । उनले उन्नत बिउमा केही प्रतिशत खराबी आउनु स्वभाविक भएको बताए । ‘किसानहरुमा उन्नत बिउ सबै एकनासको हुनुपर्छ भन्ने भ्रम सिर्जना भएको छ, उनले भने त्यहीकारणले किसानहरुलाई डर लागेको हो, त्यस्तो गुणस्तरहीन भन्ने छैन् ।’उनले एउटा बिउ लगेर अर्को बिउ पर्ने भन्ने नभएको बताए । ‘यसबर्ष मौसमा परिर्वतनको कारण केही खारबी देखीएको हो, कुजेडाले भने गुनासो आएको ठाउँमा कम्पनीले लगातार निरक्षण गरीरहेको छ ।’ उनले बिउमा खराबी भएर उत्पादन नभएको कुरा बिउ परिक्षण गराएर मात्रै पत्ता लगाउन सकिने बताए ।

कम्पनिका अध्यक्ष बिस्नु बुरलाकोटीले पञ्चशक्ति बिउ कम्पनीले अन्नबालीको बिउ उत्पादन गरेर सुदूरपश्चिमका सबै जिल्लामा बिक्री वितरण गरी रहेको बताए । उनले तरकारी, मकै र गहुँको देशभर पठाउने गरेका बताए । उनले धानको बिउमा समस्या देखीएको स्थानमा कम्पनिको तर्फबाट नियमीत अनुगमन भईरहेको बताए । यसबर्ष छिटो र धेरै पानी परेको कारणले उत्पादनमा केही कमी आएको बताए ।

जात अनुसार ढिलोचाडो पाक्ने भएको कारणले सबै धान पाक्ने उनले दाबी गरे । ‘केही जात ढिलो पाक्ने भएको कारण अहिलेसम्म नफूलेको हुनसक्छ, उनले भने यदी धान उत्पादन नभएको र बिउमा कमजोरी भए कम्पनिले जिम्मेवारी लिन्छ ।’ पञ्चशक्ति बिउ कम्पनी धनगढीमा उत्पादन गरी देशभर बिउबिक्री वितरण गर्छ । कैलाली लगाएत विभिन्न जिल्लाका धेरै किसानहरूले सोही कम्पनीमार्फत धानको बीउ खरिद गरेका थिए ।

मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.