धनगढी, २३ भदौ/ जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा प्रशासनमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको हो।
जिल्लामा अनुगमनमा खटिएका र सीमा क्षेत्रमा नेपालीको उद्धारमा खटिएका कर्मचारीमा संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ।
