धनगढी, २२ भदौ/ सोमबार धनगढी उप–महानगरपालिका वडा नम्वर ५ तारानगरका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्थानिय तीन महिला र एक पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएकोमा उनीहरु सबै संक्रमितका परिवार हुन्। दुई जना संक्रमित यसअघि कोरोना पुष्टि भएकी शिक्षिकाका परिवारका सदस्य हुन् भने दुई जना संक्रमित कानुन व्यवसायीका आफन्त हुन्।
सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा पुष्टि भएका सातै जनाको ट्राभल हिस्ट्री नरहेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।