धनगढी, २२ भदौं/ सुदूरपश्चिम प्रदेश सभाको अर्थविकास तथा प्राकृतिक समितिले नेपाल सरकारको ताल कार्यक्रम संग भर्चुअल बैठक गरेको छ । सोमबार सुदूरपश्चिम प्रदेशको जलवायु परिवर्तन र प्रदेशको प्राकृतिक श्रोत बारे बैठक गरेको हो ।
समितिका सभापति हर्क कँुवर (गोविन्द) को प्रमुख अतिथिमा भएको बैठकमा पुर्व सामाजिक विकास मन्त्री तथा समितिका सदस्य दीर्घ सोडारी, प्रदेश सभा सदस्य अक्कल रावल, महेशदत्त जोशी, पुर्णा जोशीको सहभागी रहेका थिए ।
समितिको भर्चुअल बैठकले प्रदेशमा जलवायु परिवर्तनले पारेको असरको बारेमा छलफल गरेको समितीका सभापती हर्क कुँवरले जानकारी दिए । कुँवरले समितिले प्रदेशमा प्राकृतिक विपत्तीका कारणले बाताबरणमा पुगेको क्षती बारे सरकारलाई महत्वपुर्ण सुझाब दिन बैठकको आयोजना गरेको जानकारी दिए । बैठकमा तराई भुपरिधी ताल कार्यक्रमका तर्फ बाट पश्चिम निर्देशक मुना थापा र शिवराज भट्ट लगाएतको सहभागिता रहेको थियो ।
प्रदेशको अर्थ विकास तथा प्राकृतिक समिती द्धारा भर्चुअल बैठ्क
प्रदेशको अर्थ विकास तथा प्राकृतिक समिती द्धारा भर्चुअल बैठ्क