धनगढी, २२ भदौ/ कञ्चनपुरमा करेन्ट लागेर कैलालीका एक युवकको मृत्यु भएको छ ।
कैलाली गोदावरी नगरपालिका–५ कटानका २३ बर्षीय सन्तोष बिक को करेन्ट लागेर मृत्यु भएको हो ।
कञ्चनपुर कृष्णपुर नगरपालिका ४ राजघाटको जङ्गलमा उनलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
करेन्ट लागेर गोदावरीका श्याम बिक समेत घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
६ जनाको टोली जङ्गलमा गएको बेला करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।
‘उनीहरु मध्ये ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ’ उनले भने ‘उनीहरू मध्यरातमा तस्करीको लागि जङ्गल गएको बयान दिएका छन् ।’ प्रहरी प्रवक्ता थापाले थप अनुसन्धान भइरहेको जानकारी दिए ।