धनगढी, २२ भदौ/ डडेल्धुरा प्रयोगशालामा सोमबार बझाङका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज बझाङको थलारा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ।