• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विद्यार्थी खोजेर अनलाइन कक्षामा सहभागी गराइदिन स्थानीय तहलाई त्रिविको अनुरोध

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनमा आए पनि विद्यार्थी सम्पर्कविहीन रहेको भन्दै सहभागी गराइदिन सबै स्थानीय तहको साथ खोजेको छ । विश्वद्यालयको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै आफ्नो क्षेत्रमा बसोबास गर्ने विद्यार्थी तथा उनीहरुका अभिभावकलाई अध्ययनरत स्कूल, क्याम्पस, विभागमा सम्पर्क राख्नका लागि सूचना प्रवाह गरिदिन भनेको हो ।

मन्त्रालयले त्रिविको अनुरोध सहितको पत्र समावेश गरी शनिबार सबै स्थानीय तहको नाममा पत्राचार गरेको छ । विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले शुक्रबार मात्रै मन्त्रालयलाई परिपत्र गरिदिन भन्दै अनुरोध पत्र पठाएको थियो ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गत चैत ६ देखि नै त्रिविको पठनपाठ तथा परीक्षा स्थगित गरिएको थियो । महामारी तुरुन्तै नियन्त्रणमा आउने अवस्था नदेखिए पनि विश्वविद्यालयले चैतको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरु सञ्चालन गर्ने तयारी थालेको थियो ।

आफ्ना सबै शिक्षक, कर्मचारी तथा विद्यार्थीको ईमेल आईडी तयार पारी अनलाइन विधिबाट पठनपाठन सञ्चालन गर्दै आएको छ । तर हालसम्म पनि डीन कार्यालय, क्याम्पस, स्कूल र विभागहरुमार्फत विभिन्न सञ्चार माध्यममा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरुलाई सम्पर्कका लागि प्रयास गर्दा समेत कतिपय विद्यार्थीहरु अझै सम्पर्कमा नआएको त्रिविको पत्रमा उल्लेख छ ।

विद्यार्थी आफू अध्ययनरत विभाग तथा क्याम्पसको सम्पर्कमा नभएपछि पठनपाठन तथा स्थगन गरिएका परीक्षा तालिका व्यवस्थापन गर्न समस्या उत्पन्न भएको छ । विश्व विद्यालयको बारम्बारको सूचना पश्चात समेत विद्यार्थी सम्पर्कमा नआएपछि पठनपाठन सुचारु गर्न तथा स्थगित परीक्षा व्यवस्थापन गर्न विश्वविद्यालयले सबै स्थानीय तहको साथ खोजेको हो ।

सोमबार, भदौ २२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.