धनगढी, २१ भदौ/ कैलालीमा वन मुद्धामा फरार एक युवक पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका –११ बस्ने रमन कठरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार कठरियालाई २०७४ पुष २ गते कैलाली जिल्ला अदालतबाट ९३ हजार ३ सय ३३ जरिवाना असुल गर्न आदेश भएको थियो।
