• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

माननियको यस्तो हर्कत, सर्वसाधारणलाई सास्ती, ठुलाबडाको गोष्ठी !

"भिडभाड नर्गन र सार्वजनिक कार्यक्रम नगर्न प्रशासनको आग्रह , तर, माननिय नेपालु चौधरी आफै प्रमुख अतिथी भएर गोष्ठीमा सरिक "

धनगढी २१ भाद्र- धनगढीमा कोरोना भाईरस ९कोभिड–१९० को महामारीले भयावह रुप लिईरहेको छ । स्थानियमा संक्रमण फैलिदै गएपछि धनगढीका कतिपय टोलहरु सिल हुदै गएका छन् ।

स्थानिय र ट्राभल हिस्ट्री नभएकाहरुका संक्रमणदर बढ्दो क्रममा छ । विज्ञहरुले धनगढीमा कोरोना भुसको आगोझै फैलिसकेको समेत दाबी गर्दै आएका छन् । आइतबारसम्म धनगढीमा संक्रमित पुगीसकेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ४ गतेदेखी १९ गतेसम्म जिल्लाभर पुर्ण रुपँमा निषेधाज्ञा जारी गरेको थियो । आजदेखी मात्रै प्रशशासनले निषेधाज्ञा केही खुकुलो गरेको छ । भिडभाड नर्गन र सार्वजनिक कार्यक्रम नगर्न प्रशासनले नियमित आग्रह गरिहेको छ ।
महामारीकै बिचमा कोरोनालाई वेवास्ता गर्दै धनगढी उपमहानगरपालिका–१४ फूलवारीमा ‘फुलवारी जेसिज’ ले आफ्नो ५ औँ स्थापना दिवस औपचारीक कार्यक्रमगरी मनाएको छ ।

कार्यक्रममा कुनै सामाजिक दुरी कायम नगरी प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै फुलवारी जेसिजले औपचारीक कार्यक्रम गरेको हो । कार्यक्रममा विशिष्ट व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो । नियमक निकायका जिम्मेवार व्यक्तिबाटै गैरजिम्मेवारी कार्य भएको र प्रशासनको निर्देशनलाई वेवास्ता गर्दै औपचारीक कार्यक्रम गरेको भन्दै आलोचना भईरहेको छ ।

कार्यक्रम उपस्थित सुदूरपश्चिम प्रदेश सभा सासंद नेपालु चौधरीले मास्क समेत प्रयोग गरेका छैनन् । यस्तै औपचारीक कार्यक्रममा सामाजिक दुरीपनि कायम नगरीएको देखीन्छ । तर प्रहरीले सर्वसाधारणलाई मास्क नलगाएको भन्दै दैनिक जसो जरिवान गरिरहेको छ । माननियको यस्तो हर्कतले सानालाई ऐन ठुलालाई चेन भनेजस्तै भएको छ । हुनेखानेहरुले जे गर्दापनि हुने सर्वसाधारणले जरिवाना तिर्नुपर्ने, तातो घाममा उभिएर सजाय भोग्नुपर्ने यो कस्तो नियम हो भन्दै चौतर्फी रुपमा सर्वसाधारणले प्रश्न गर्न थालेका छन् ।

यता जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जिम्मेवार व्यक्तिहरुलेनै लापरवाही गरीरहेको बताए । उनले प्रशासनले गरेर मात्रै सबैकुरा सम्भव नहुने भन्दै सबैलाई सचेत हुन र सरकारको निर्देशन पालन गर्न आग्रह गरे । जोशीले सबै ठाउँमा प्रशासनको नजर पुग्न नसक्नेभन्दै नागरीकहरुले सहर्तक हुनुपर्ने बताए । सरकारलेनै यस्ता औपचारीक कार्यक्रम नर्गन निर्देशन जारी गरेको अवस्थामा नियमको उलंघन गर्न नहुने उनले बताए ।

फूलवारी जेसिजका अध्यक्ष विकास नेपालीले भने आफुहरुले सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धी निर्देशीका भित्र रहेर कार्यक्रम गरेको बताए । आफुहरुले वडा कार्यालयको अनुमतीमा कार्यक्रम गरेको उनले दाबी गरे । कार्यक्रममा प्रदेश सभा सासंद नेपालु चौधरी, धनगढी–१४ का वडाअध्यक्ष राम बजारी चौधरी, धनगढी जेसीजका अध्यक्ष श्याम पाठक, फुलवारी जेसिजका संस्थापक अध्यक्ष सुनिल सुवेदी, पुर्ब अध्यक्ष लक्ष्मिराज ओझा लगाएतका ठुलो संख्यामा मानिसहरुको उपस्थिती रहेको थियो ।

आइतबार, भदौ २१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.