धनगढी, २१ भदौ/ बाजुरामा वर्षेधान भदौमानै काट्न सुरु गरिएको छ । सामान्यतया वर्षे धान असोज, कातिकमा मात्र काटिँदै आएकोमा यसबर्ष भने मौसमले साथ दिएपछि भदौमै काट्न सुरु गरिएको हो ।
अहिले बाजुराका नदी छेउछाउँका किसानलाई धान काट्न चटारो पर्न थालेको छ ।
बूढीनन्दा, बूढीगंगा नगरपालिकाका नौबिस, कौशाडी कोल्टी, सिराडी, कुरु, कोटिला लगाएतका स्थानमा धान काट्न सुरु गरिएको छ । भदौमै धन भित्र्याउन पाउँदा यहाँ किसान खुसी भएका छन् । जेठ महिनामा रोपिएको धान किसानले काट्न थालेका हुन ।
रोपेको ९० दिनमानै धान पाकेपछि काटेको सुरु गरिएको स्थानियले बताएका छन् । यसले किसानलाई हौसला मिलेको छ ।




तस्बीर : रन्जिता बोहरा