सुर्खेत
कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा डा. गोविन्द केसीलाई औषधि किन्न अस्पताल छिर्न नदिएको भन्ने विषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले स्पष्टीकरण दिएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रावलले सनिबार उक्त बिषयमा सामाजिक संजाल आफ्नो फेसबुक मार्फत स्पष्टिकरण दिएका हुन् ।
प्रतिष्ठानमा डा.केसिलाई गेटबाट पस्न नदिनुको कारण नबुझी समाचारमा आएको कुरा सत्य नरहेको निर्देशक रावलले स्पष्ट पारेका छन् ।
शनिवार प्रतिष्ठानका निर्देशक डा.रावलले सामाजिक संजाल आफ्नो फेसबुक पेजमा लेखेका छन् , ‘डा. केसी औषधि किन्न आउनु भएको हो कि के गर्न आउनु भयो त्यो कसैलाई थाहा छैन तर, उहाँले भित्र पस्न खोज्दा गेट्मा रहेका सुरक्षाकर्मिले प्रसासनलाई सोध्नुपर्छ, गेटमा रहेका सुरक्षा गार्डले त्यो प्रक्रिया पु¥याउन लाग्दा केहि समय रोकिनुहोस् भन्दा डाक्टर केसी त्यहाँबाट फर्किनु भएछ अनि मिडियालाई मलाई पस्न दिएन भन्नू भएछ । उहाँले एकछिन मात्रै पर्खेको भए सबै कुरा साम्य हुन्थ्यो,।’
यो भन्दा अगाडि डाक्टर केसीको मागमा आफु पनि लागि परेको भन्दै निर्देशक रावलले डाक्टर केसीले राखेका माग प्रति आफु सकरात्मक भएको पनि स्पष्ट पारेका छन् । तर डाक्टर केसीलाई अगाडि सारेर केहि मानिसहरु आफु विरुद्धमा लागेको निर्देशक रावलले संकेत गरेका छन् । उनले कर्णालीको चर्तित उख्खान मार्फत भनेका छन् ‘म ताक्छु मुडो बन्चरो ताक्छ घुडो’ डाक्टर केसीलाई सहयोग गर्दा गर्दै पनि डाक्टर केसीले आफुलाई गलत तरिकाले बुझेको हुन सक्ने आसंका गरेका छन् ।
निर्देशक डाक्टर रावलले अगाडि भनेका छन् ‘डा.केसिले प्रतिस्ठान को लागि राखेको माग राम्रा छन । माग राख्दैमा सबै पूरा हुदैनन् सरकरले चाहानु पर्छ होला । फिल्ड भिजिट गर्नु पर्ने होला । स्रोत साधनको आंकलन गर्नु पर्ने होला। अनि पो माग पूरा होलान हैन र निर्देशक रावलले प्रश्न गरका छन् ।
डा. रावल नेपाल सरकरको मेडिकल तहको ८ र ९औं तहको सरकारी जागिर छोडेर कर्णालीका जनताको सेवा गर्न करिब ८ वर्षदेखि कर्णाली स्वास्थ विज्ञान प्रतिस्ठानसंग जोडियर हाड जोर्नी बिषशेज्ञका रुपमा सेवा गरेको आफुले स्मरण गरेका छन् ।