धनगढी, १९ भदौ/ धनगढी उप–महानगरपालिका–५ तारानगरका दुई वटा टोल सिल गरिएको छ। कोरोना संक्रमण स्थानियहरुमा भयावह रुपमा फैलिन थालेपछि तारानगर र जाईका दुई टोल सिल गरिएको हो।
ज्ञान निकेतन क्षेत्रका तीन घर र जाई क्षेत्रका चार घरका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।
जनप्रतिनिधिको रहोवरमा टोल सिल गरिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए। सो क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि प्रहरीले माईकिङ गरेको छ। उप–महानगरपालिका वडा नम्वर ५ मा मात्रै स्थानिय संक्रमितको संख्या ५६ पुगेको छ।