दिपक सिंह विष्ट/ आज पुरा बिश्वनै कोभिड-१९ (कोरोना भाइरस) को महामारी संग जुधिरहेको छ । यस्तो अवस्थामा भिड नगरी बस्नु पर्ने बाध्यता र WHO (विश्व स्वास्थ्य संगठन) को आगामी दुइ बर्ष सम्म पनि यो सन्त्रास पूर्ण माहोल साम्य नहुने भनि प्रस्तुत समाचार लाई हेर्ने हो भने देशका कर्णाधार बिधार्थीहरुको भबिष्य अन्योलमा परेको जस्तो आभास हुन्छ । यधपी आजको आधुनिक युगमा आएर पठनपाठन नै ठप्प हुने गरि चुपचाप बस्न मिल्दैन | त्यसैले WHO को मापदण्ड भित्र बसेर कोभिड-१९ (कोरोना भाइरस) संग पनि लड्ने र साथै पठनपाठन पनि संगसंगै हुने गरि एक बैकल्पिक माध्यम को खाँचो छ । यसै सन्दर्भमा यस्तो अवस्थामा बैकल्पिक माध्यमबाट समस्या समाधान गर्नका लागि अपनाउन सकिने उपाय बारे आफ्नो व्यक्तिगत अवधारणा प्रस्तुत गर्दैछु |
यसका लागि नेपाल टेलिकम, स्थानीय सरकार, सम्बन्धित विद्यालय, CTEVT तथा अन्य बिश्वबिधालय र सरोकारवाला सम्पूर्णले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु पर्ने हुन्छ र समस्या समाधानका उपायहरु बुँदागत रुपमा उल्लेख गर्दैछु ।
१.यसको लागि राज्यले एउटा यस्तो एप्स बनाइनदिनु पर्छ जुन निशुल्क डाउन लोड गर्न सकियोस र नेपाल टेलिकम संग सम्झौता अनुरुपदर्ता गरिएको बिसेशबिधार्थी सिम कार्ड बाट निशुल्क वा सहुलियत दरमा इन्टरनेट सुबिधा प्रयोग गर्न e-learning गर्न सकियोस् ।
२.उक्त एप्स को माध्यम बाट सैधान्तिक बिषय हरु सजिलै online पठन पाठन गर्न सकियोस र सबै खाले सैधान्तिक परीक्षाहरु संचालन तथा मुल्यांकन पनि सोहि एप्सको माध्यम बाट गर्न सकियोस ।
३.(क) प्रवेश परीक्षा संचालन गरि भर्नाको लागि योग्य बिधार्थी छनौट गर्नको लागि छात्रवृति तर्फका बिधार्थी लाई फाराम भर्ने समयबाट नै प्रतिस्पर्धा हुने गरि बिधार्थी स्वयम् अनलाईन आवश्यक कागजपत्र हरु संग्लग्न गरि प्रवेश परीक्षा फाराम भर्न सक्ने र फाराम स्वीकृत भएपछि प्रवेश पत्र पनि स्वयमले प्रिन्ट गर्न मिल्ने गरि परीक्षा नियन्त्रण कार्यालय को डाटाबेसको पासवर्ड एक पटक को लागि उपलब्ध गराउन सकिन्छ ।
(ख) त्यस्तै अन्य शुल्क तिरेर पढ्न चाहने बिधार्थीको हकमा बिधार्थीले आफ्ना सम्पूर्ण आवश्यक सर्टिफिकेट हरु स्क्यान गर्नेर लछित कार्यक्रम खुल्ने गरि निवेदन सहित सम्बन्धित बिधालयमा ई-मेल मार्फत पठाउनु पर्ने र उक्त बिधालयले परीक्षा नियन्त्रण कार्यालय को डाटाबेसमा सम्पूर्ण बिधार्थी हरुको कागजपत्र प्रवेश परीक्षा निर्देशिका बमोजिम रुजु गरि बिवरण इन्ट्री गरिदिने व्यवस्था गर्न सकिन्छ| स्वीकृत फाराम हरुको प्रवेश पत्र प्रिन्ट गरि वा डाउनलोड गरि सम्बन्धित बिधार्थी लाई ई-मेल मार्फतनै पठाई दिने उपाय अपनाउन सकिन्छ ।
४.छात्रवृति तर्फका तथा शुल्क तिरेर पढ्न चाहने बिधार्थिहरुले आफ्नो प्रवेश पत्र स्क्यान गरि स्वयम आफु क्यामेरा को अगाडी बसेर एप्सले अटोमेटिक रुजु गरे पश्चात तोकिएको समय भित्र परीक्षा दिन पाउने व्यवस्था गर्न सकिन्छ ।
५.यसरी प्रवेश परीक्षामा सम्मिलित बिधार्थिहरुको मुल्यांकन र नतिजा एप्सलेनै तत्कालै गर्न मिल्ने र छनौट भएका बिधार्थीहरुको certificate तथा अन्य कागजात भर्नाको समयमा रुजु गर्ने उपाय अबलम्बन गर्न सकिन्छ ।
६.त्यसै गरि अन्य नियमित सैधान्तिक परीक्षा पनि यसरि नै संचालन गर्न सकिन्छ |साथैउक्त एप्सको माध्यम बाट सैधान्तिक कक्षा पनि सजिलै संग संचालन गर्न सकिने हुन्छ ।
७.प्रयोगात्मक कक्षा संचालन गर्नका लागि प्रयोगात्मक सिकाई भित्रका सैधान्तिक सिकाई तथा demonstration सोहि एप्सको माध्यम बाट गर्ने गरि र सोको मुल्यांकन आन्तरिक रुपमा विषयगत प्रशिक्षकले नै गर्न मिल्ने गरि व्यवस्थापन गर्न सकिन्छ ।
८.बाँकि प्रयोगात्मक सिकाईका लागि आफ्नो कार्यक्रम तर्फका प्रयोगात्मक सिकाई संग मिल्ने गरि सम्पूर्ण बिधालय हरुले विभिन्न संस्था/ उधोग/ फर्म/ निकाय हरु संग सम्झौता गर्न सकिन्छ जसले WHO को मापदण्ड भित्र रहेर प्रयाप्त कार्यगत तालिमको व्यवस्था हुने गरि प्रयोगात्मक सिकाईको व्यवस्थापन गर्न सकिन्छ रसोहि अनुरुप प्रयोगात्मक मुल्यांकन पनि गरि प्राप्तांक सम्बन्धि बिधालय लाई इ-मेल मार्फत नै पठाइदिने व्यवस्था गर्न सकिन्छ ।
९.यसरि विभिन्न संस्था/ उधोग/ फर्म/ निकाय हरु बाट प्राप्त प्रयोगात्मक अंकभार , अन्तरिक प्रयोगात्मक मुल्यांकन र सैधान्तिक अंकभार लाई परीक्षाको database मा सम्पूर्ण बिधालयले रुजु गरि entry गर्ने उपाय अपनाउन सकिन्छ ।
१०.सोहि database मा entry भएको कुल अंकभारका आधारमा नतिजा प्रकाशन पनि गर्न सकिन्छ |यसरि मुल्यांकन पनि चाडो हुने र नतिजा पनि चाडो हुनजान्छ ।
लेखक प्रा.शि. तथा व्य.ता.प.सुदुरपश्चिम प्रदेश कार्यालय,धनगढी, कैलालीमा ईन्जिनियरका रुपमा कार्यरत छन ।
