एजेन्सी। अहिलेको समयमा मानिसहरु मोबाइल हेर्दा ब्राण्डको बारेमा बढी हेर्दछन्। हुन त ब्रान्डेड मोबाइलको भाउमा कुनै पनि नाम नचलेको फोनमा ब्रान्डेड फोनको भन्दा बढी विशेषता भएको स्मार्टफोन बजारमा ल्याएको हुन सक्छ। तर पनि ब्रान्ड खोज्ने उपभोक्ताहरु सधैं ब्रान्डमै चासो दिइरहेका हुन्छन्।
यी हुन् २०२० का टप फाइभ मोबाइल ब्रान्डहरुस्
सामसङ: एन्ड्रोइड फोनको सबैभन्दा ठूलो विक्रेता हो सामसङ। दक्षिण कोरीयाली मोबाइल कम्पनीको फोन नै बजारमा बढी बिक्री हुने गरेको पाइन्छ। विश्वमा यो वर्ष सबैभन्दा बढी बिक्री भएका सामसङ ग्यालेक्सी एस १० र एस १० प्लस रहेका छन्। सामसङले यसै वर्ष निकालेको ग्यालेक्सी नोट सिरिजका विभिन्न फोनहरु पनि निकै बिक्री भएका छन्। यसै वर्ष विभिन्न फ्लागशिप फोन निकालेको सामसङले ग्यालेक्सी फोल्ड सिरिजका फोन सार्वजनिक गरिसकेको छ।
एप्पल: आइफोन बिक्रेता एप्पल हरेक वर्ष सामसङलाई टक्कर दिने कम्पनी हो तर उ सामसङभन्दा सधैँ पछाडि नै परेको छ। २०१९ मा निस्केका आइफोन ११ र त्यसैका अरु फोनहरु निकै बिक्री हुने स्मार्टफोन हुन्। हरेक वर्ष आइफोनले बजार तताउने गर्दछ । ह्वावेइ अमेरिकामा बन्द भएपछि त झन् बढी व्यापार एप्पलको बढेको छ। यदि हरेक वर्ष जस्तै हुने भए २०२० मा पनि एप्पलले आइफोन १२ र आइफोन १२ प्रो निकाल्ने छ। सोको लागि तयारी गर्दै गरे पनि आफ्नो नयाँ फोनको बारेमा धेरै जानकारी कम्पनीले दिएको छैन।
ह्वावेइ: अमेरिकाले बन्द गर्ने भएपछि ह्वावेइलाई ठूलो धक्का लाग्ने सबैको विश्लेषण थियो तर त्यसको ठ्याक्कै उल्टो भयो। अमेरिकाले ह्वावेइमा प्रतिबन्ध लगाएपछि धेरै चिनियाँले अमेरिकी कम्पनी एप्पलको सट्टा आफ्नै देशको कम्पनीको स्मार्टफोन चलाउन थाले। गुगलले पनि एन्ड्रोइड चलाउन नदिएपछि ह्वावेइले आफ्नै हार्मोनी अपरेटिङ सिस्टम बनाउँदैछ। ह्वावेइले निकालेको पी ४० फोन पनि निकै बिक्री भएको फोनमध्येको एक रहेको छ।
ओप्पो: चिनियाँ कम्पनी ओप्पो अहिले निकै चर्चामा आएको फोन मध्येको हो। क्यामेरा फोन बनाउने ओप्पोले क्यामेराको भरमा नै मोबाइल बेच्ने गरेको छ। ओप्पोलाई पनि भारतमा बन्द गरेपछि भारतमा नै ओप्पोले रियलमी नामक कम्पनी खोलेको छ। सो कम्पनीले गर्दा ओप्पोको भारतमा व्यापार उस्तै नै चलिरहेको छ। ओप्पोले फाइन्ड र रेनो सिरजि निकालेको थियो जसले सोचेभन्दा राम्रो व्यापार पनि गर्न सफल भयो।
भिभो” चीन र भारतको सीमा विवादले मर्कामा परेको अर्को स्मार्टफोन कम्पनी भिभो हो। भारतले चिनियाँ सामान सबै बन्द गरेपछि भिभो आईपीएलको मुख्य प्रायोजकबाट पनि बाहिरिएको थियो। भिभोलाई जहिले पनि एप्पलको जस्तो डिजाइन बनाएको आरोप लाग्ने गर्दछ। भिभो पनि क्यामेरा फोनले नै चर्चित फोन हो। भिभोको भि सिरिज र एस् सिरीज बजारमा निकै बिक्री भएका फोनहरु मानिन्छन्।