जुम्ला। जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनले शुक्रबार बिहान स्वाव परीक्षणका लागि दिएकामा शुक्रबार साँझ नै कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरिएका आइसोलेशन अनुमगनका क्रममा आफुलाई कोरोना संक्रमण भएको हुनसक्ने प्रजिअ थापाले बताए।
प्रजिअ थामामा कोरोनाको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक मंगल रावले बताए।
संक्रमण पुष्टि भए पछि उनी होम आइसोलेशनमा बसेका छन्।
