धनगढी, १८ भदौ/ धनगढी उपमहानगरपालिका–५ तारानगरका थप १५ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का १५ सहित धनगढीका २८ जनामा संक्रमण पुष्टि भएको हो।
उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्मुख लक्ष्मीराज उपाध्यायका अनुसार वडा नम्बर ५ का १५ जना, वडा नम्बर ६ का दुई जना गरी धनगढीकका बिहीबार देखीएका सबै संक्रमित स्थानिय रहेको छन् ।
यो सँगै धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय ८५ पुगेको छ।