डोटी, १८ भाद्र-डोटी दिपायलमा मोटरसाइकल चोरी गर्दै गर्दा दुई जना पक्राउ परेका छ्न २२ बर्षिय दानी बिक र १५ बर्षिय अरबिन्द साउद मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ एन सियलको दिपायलमा मार्केटिङ को काम गर्दै आएका प्रशान्त चन्द को से ७ प १४६१ को घर अगाडि राखेको मोटरसाइकल चोरी गरिरहेकै क्रममा पक्राउ परेका हुन् ।
उनिहरुलाइ स्थानियले पक्राउ गरेर ईलाका प्रहरी कार्यलय दिपायललाई बुझाएको सनलाइट होटलका सञ्चालक हर्क ब बमले बताए ।
कोरोना भाइरसको महामारीले गर्दा अहिले डोटीमा निषेधाज्ञा लागू गरिएको छ निषेधाज्ञाको समयमा चोरी लगायतका घटना बढिरहेको स्थानीयले बताएका छन् ।