• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

के हो पुनर्कर्जा ? प्राप्त गर्ने विधि र प्रक्रिया कसरी तय हुन्छ, कसले पाउँछन्, कसले पाउँदैनन् ?

-महेशराज जोशी

कोभिड–१९ को प्रभावले समग्र अर्थव्यवस्था शिथिल भएपछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७।७८ का लागि जारी गरेको मौद्रिक नीतिमा पुर्नकर्जाको बिद्यमान व्यवस्थामा परिमार्जन गरेको छ।आर्थिक पुनरुत्थान लक्षित गरेर ल्याइएको पुर्नकर्जाका लागि राष्ट्र बैंकले यो कोषलाई पाँच गुणासम्म बढाउने घोषणासमेत गरेको छ।

पुनर्कर्जा भनेको के हो ?

आर्थिक क्रियाकलाप बिस्तारका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था पुनर्कर्जा हो। सीमित अवधिको लागि ग्राहक तथा ऋणीबाट असुलउपर गर्नुपर्ने ब्याजदर समेत तोकी विद्यमान ऋणीहरुलाई यस्तो कर्जा प्रदान गरिन्छ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई एकमुष्टरूपमा सस्तो ब्याजदरमा राष्ट्र बैंकले प्रदान गरेको कर्जालाई पुनर्कर्जाका रूपमा बुझिन्छ। जुन कर्जालाई बैंक तथा वित्तीय संस्थाले ऋणीलाई वितरण गर्छन्।

बैंक तथा वित्तीय संस्थाले कसरी पुर्नकर्जा पाउँछन् ?

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ुकु, ुखु र ुगु वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रूपमा प्रदान हुने पुनर्कर्जा को लागि प्रथम पटक २०७७ भदै १ गते आवेदन आह्वान गरिएको छ।

नेपाल राष्ट्र बैंक बाट जारी सूचना बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई पुनर्कर्जा सुविधाबाट लाभान्वित गर्न संचालक समितिको निर्णय गरि शाखा कार्यालयको ठेगाना तथा संचालन भएको मितिसहित नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ अनुसूची १ बमोजिमको ढाँचामा नेपाल राष्ट्र बैंकमा आवेदन पेश गर्नेछन्।

नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ मा बैंक तथा वित्तीय संस्थाले माग गर्ने कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म र पुर्नकर्जाको लागि आवेदन गरिएको कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्तर्गत हुने गरि प्रत्येक शाखाबाट न्युनतम ५ वटा ग्राहक्ऋणी समावेश गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

पुनर्कर्जाको वर्गीकरण 

नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधि २०७७ बमोजिम पुनर्कर्जाको वर्गीकरण देहाय बमोजिम गरिएको छ ।

९१० लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा

उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाका लागि प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिएको छ।

९२० विशेष पुनर्कर्जा

बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जा लाई विशेष पुर्नकर्जा भनिएको छ। यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम(व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जाहरूलाई मानिएको छ।

९३० साधारण पुनर्कर्जा

बुँदा नं। १ र २ को वर्गीकरणमा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनर्कर्जाहरूलाई साधारण पुर्नकर्जा मानिएको छ।

के हो पुनर्कर्जा ? प्राप्त गर्ने विधि र प्रक्रिया कसरी तय हुन्छ, कसले पाउँछन्, कसले पाउँदैनन् ?

नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ बमोजिम पुर्नकर्जाका लागि हाल विद्यमान ब्याजदर देहाय बमोजिम तोकिएको छ ।

पुनर्कर्जाको प्रकार

नेपाल राष्ट्र बैंकले लिने ब्याजदर

ग्राहकबाट लिने ब्याजदर

पुनर्कर्जाको अवधि कति रहने छ ?

नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ बमोजिम एकमुष्ट रूपमा प्रदान गरिने पुर्नकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन ।त्यसैगरी ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि ६ महिना अवधिको हुनेछ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनर्कर्जा नवीकरण गर्न सक्नेछ ।

कस्ता ग्राहकहरुले पुनर्कर्जा सुविधा पाउदैनन् ?

१। चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग्व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग्व्यवसायलाई प्रवाह भएका कर्जाहरु ।

२। ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु ।

३। पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अन इक्वीटी २० प्रतिशत वा त्योभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जा।

४। कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामाग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जा।

तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउनेजस्ता स्वरोजगारमूलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्र प्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिने छैन ।

कस्ता ग्राहकले पुनर्कर्जा सुविधा प्राप्त गर्न सक्छन् ?

पुनर्कर्जाका लागि अयोग्य भनिएका कर्जाहरु बाहेक कोभिड(१९ ले अति प्रभावित, मध्य प्रभावित र निम्न प्रभावित भनि तोकिएका क्षेत्रका उद्यम, व्यापार तथा सम्पुर्ण व्यवसायहरु।

ग्राहक-ऋणीहरुले पुनर्कर्जा कसरी पाउँछन् ?

ग्राहक्ऋणीहरुले कर्जा उपभोग गरिरहेको बैंक तथा वित्तीय संस्थाको नजिकको शाखामा हालसम्म अन्य बैंक तथा वित्तीय संस्थामार्फत पुनर्कर्जा सुविधा उपयोग नगरेको स्वःघोषणासहित पुनर्कर्जाका लागि निवेदन दिनुपर्छ।

सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको १५ लाख रुपैयाँसम्मका कर्जाहरू ७० प्रतिशत हुने गरि निवेदनको आवश्यक विश्लेषण गरि बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकसँग पुनर्कर्जा माग गर्छन्।

पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर विवरण दाखिला प्रमाणपत्र, कम्पनी सम्बन्धी कर्जा सूचना केन्द्रको विवरण, कायम ब्याजदर देखिने सिस्टम जेनेरेटेड कस्टमर लायविलिटी रिपोर्ट, निर्यात पुनर्कर्जाको हकमा निर्यात सम्बन्धी कागजात, विगत वर्षमा भएको निर्यात र विदेशी मुद्रा आर्जन भएको पुष्टि हुने कागजात, निर्यात व्यवसाय पुष्टि हुने अन्य कागजात, ग्राहक ऋणीले अन्य बैंक तथा वित्तीय संस्थामार्फत पुनर्कर्जा सुविधा उपयोग नगरेको सम्बन्धमा स्वःघोषणा जरूरी पर्छ।

यसरी निवेदन परेपछि परेका निवेदन विश्लेषण गरि निवेदक पुनर्कर्जा पाउन सक्ने या नसक्ने निर्णयबारेको अन्तिम अधिकार नेपाल राष्ट्र बैंकले गर्नेछ।पुनर्कर्जा सुविधा प्राप्त गर्ने ग्राहकहरुलाई शाखामा रहेको निजको ऋणमध्ये पुनरकर्जा सुविधा प्राप्त गरेको रकम बराबरको नयाँ पुनर्कर्जा खाता खोली उक्त खाताको ब्याजदर ५ प्रतिशत वा पुनर्कर्जा वर्गीकरण अनुसार लागू हुनेछ ।

एक वर्षसम्म पुनर्कर्जा ५ प्रतिशतमा ग्राहकहरुले चलाउन पाउने ब्यवस्था हुन्छ र अवधि समाप्त पछि उक्त कर्जा खाता बन्द हुन्छ भने पुरानै खाता पूर्ण संचालनमा आउँछ र बैंकको नियमअनुसारको ब्याजदर लागु हुने गर्दछ।

जोशी नेपाल बैंक लिमिटेड, घर्तिगाउँ शाखाका शाखा प्रबन्धक हुन्

बिजपाटीबाट

बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.