सुर्खेत, १७ भदौ/ हुम्लाको सर्केगाड गाउँपालिकाको वडा नम्बर ७ राडिकोटको ठूला गाउँमा आगलागी भएको छ । बाक्लो बस्ती रहेको ठूला गाउँमा आगलागी भएको खवर पाएपछि प्रहरी त्यसतर्फ हिडेको गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले जानकारी दिए ।
‘मलाई पनि केही बेर अघि जानकारी आएको छ’ उपाध्यक्ष धामीले भने, ‘आगलागी भएको ठाउँमा फोन सम्पर्क नभएकाले कति घरमा आगो लाग्यो भन्ने जानकारी लिन सकिएको छैन् ।’ ठूला गाउँमा झण्डै डेढसय घरधुरी रहेको पनि जोशीको भनाइ छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाको ठूलो गाउँमा आगलागी
हुम्लाको सर्केगाड गाउँपालिकाको ठूलो गाउँमा आगलागी