सुर्खेत
डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला हजारौको भिडमा मनाईको छ । कोरोना माहामारीको बेला यसरी जमघट नगर्ने भनिए पनि डोल्पामा हजारौको सख्याको भिडमा मेला मनाइएको पाइएको हो ।
भाद्रपुर्णिमा मेलामा हजारौको भिंडभाड भए पनि स्थानीय निकाय र प्रहरी प्रशासन भने मुख दर्शक बनेको सरोकारवालाहरुले आरोप लगाएका छन् । यो मेलामा परम्परागत रुपमा जसरी जम्मा हुने गरेका थिए त्यो भन्दा यो कोरोना माहामारीको बेला झन बडि भिडभाड भएको अनुमान गरिएको छ ।
डोल्पाका लिकु ,लोेचा,माझफाल,रिमी,इल,पहाडा नर्कु र सर्मि लगायतका साविकका गाबिसहरुमा भाद्रपुर्णिमाको दिन स्थानीय मेला लाग्ने गरेको पाइएपनि पर्यटकीय नगरिको रुपमा चिनिएको साविकको जुफाल गाबिसमा मनाइने भाद्रपुर्णिमा मेला भने अन्य मेला भन्दा ठुलो जात्रामा मनाइने गरिएको छ ।
मेलामा यो वर्ष त्रिपुराकोट, दुनै, माझफाल, रुम, मधु, लोचा, तिप्ला लगायत स्थानबाट कोरोना महामारीको बेला पनि मेला भर्न आएको पाइएको छ ।
भाद्रपुर्णिमाको मेलाको अबसरमा दशर्नार्थी तथा स्थानी युवाहरुले त्यो भिडभाडमा सिगारु, लगायतका स्थानीय नाच र बिबिध खेलकुदहरु प्रदशन गर्दा समेत कुनै पनि निकायले यो भिडलाई रोक्नको लागि कुनै पहल नगरेको स्थानीयले बताएका छन् ।
कर्णालीमा पछिल्लो समयमा कोरोना भाइरस समुदायमा फैलिसक्दा पनि ग्रामिण इलाकाहरुमा यस्तो मेला पर्बहरु मनाउन छाडेका छैनन् । केहि दिन अघि कालिकोट जुम्ला पनि ठुलो संख्यमा मेला मनाइएको थियो । स्थानीय जन प्रतिनिधिहरु र प्रसाशनले कुनै पनि मेला रोक्नको लागि पहल नगर्दा कोरोना महामारीको रुपमा फैलिन सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले चिन्ता ब्याक्त गरेका छन् ।