धनगढी, १७ भदौ/ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालय बझाङले भदौ २५ गतेसम्म निषेधाज्ञा गर्ने निणर्य गरेको छ ।
भदौ १७ गते राति १२ बजे देखि २५ गते राति १२ बजेसम्म जिल्लाभर निधेषज्ञा जारी गरेको छ । आज जिल्ला प्रशासनले सुचना जारी गर्दै जिल्लाभर निषेधाज्ञा गर्ने सुचना जारी गरेको छ ।
निषेधाज्ञा अवधिमा बिहान ७ देखि ९ र बेलुकी ५ देखि ७ बजेसम्म बजार व्यवसाय सञ्चालन गर्न पाइने, बैंक सहकारी, बित्तीय संस्थाहरु बिहान ७ देखि १० सम्म खोल्न पाइने, सवारी साधनहरु अत्यावश्यक सेवा बाहेक बन्द रहने निणर्य गरेको छ