धनगढी, १९ भदौ/बुधवार धनगढी उपमहानगरपालिकामा थप नौँ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका नौँ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी वडा नम्वर ५ का मात्रै ८ जनामा संक्रमण पुष्टि भएको छ। उनले ६ महिला र दुई पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको बताए। यस्तै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का ६२ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय ५८ पुगेको छ।