धनगढी, १७ भदौ/ बुधबार सेती अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । चार सय ९० स्वाव परिक्षण गरिएकोमा २५ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका १५ जना, बझाङका ९ जना र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
